Posts

Showing posts from December, 2022

हिड्नु छ

  ए लड्ने साथी  तिमी आफै लडेको होइनौ  समयले लडाएको हो  तिमी थाकेको होइनौ  समयले थकाएको हो  अब यसरी हिड्नु छ तिमी  एक्लै निरन्तर  बेग्लै वेगमा,झन् अफ्ट्यारा बाटामा अब आँशु होइन पसिना बगाउनु छ  थाक्ने होइन ,निरन्तर पाइला चाल्नु छ  छिट्टै तिमी पुग्नु छ कतै  ऊ त्यहाँ पर क्षितिजमा  पर धेरै पर  साथी  अब तिमी हिड्नु छ ।