हिड्नु छ
ए लड्ने साथी
तिमी आफै लडेको होइनौ
समयले लडाएको हो
तिमी थाकेको होइनौ
समयले थकाएको हो
अब यसरी हिड्नु छ तिमी
एक्लै निरन्तर
बेग्लै वेगमा,झन् अफ्ट्यारा बाटामा
अब आँशु होइन पसिना बगाउनु छ
थाक्ने होइन ,निरन्तर पाइला चाल्नु छ
छिट्टै तिमी पुग्नु छ कतै
ऊ त्यहाँ पर क्षितिजमा
पर धेरै पर
साथी
अब तिमी हिड्नु छ ।
Comments
Post a Comment