आजको मान्छे

 आजभोलि मान्छेलाई के चाहिएको छ?

जे भएपनि होस् उसलाई छिट्टै चाहिएको छ 

आफूले के चहान्छ ,उसले भुलिसकेको छ 

उसलाई अरु जस्तो बन्नु छ 

आफूले आफैलाई बिर्सिसकेको छ 

 जीवन रेस हो भन्छ 

खाली हतारमा दौडीरहन्छ 

दौडदा दौडदा सम्हालिन बिर्सिसकेको छ ।


उसलाई तनाव छ, तनाव मात्र छ 

देख्छ अरूलाई अनि हेर्छ आफूलाई 

जीवन होइन आजभोलि उसले दबाब बाचेको छ 

बिरसन्छ मानिसले छिट्टै आजभोलि 

उसले यति छिट्टै जीवनचक्र बिर्सन्छ 

र त ऊ हतार गर्छ 

उसले बिर्सियो सानो मा पढेको पुतलीको जीवनचक्र 

उसले बिर्सियो झुसिली किरा 

उसले त आजभोलि खाली उडेको पुतली सम्झन्छ

त्यसैले ऊ तनावमा छ 

उसले जिन्दगी तनाबकै दबाबमा बाचेको छ ।


ऊ सोच्दछ हार्नु ठूलो गल्ती हो 

उसलाई हार्नु भनेको सिद्धीनु हो भन्ने सिकाइन्छ

सानै देखि गलत सिकाइन्छ 

हार्नु भनेको केही जित्नु पनि त हो 

किन हारे? भन्ने प्रश्नको उत्तर जान्नु पनि त हो 

उसलाई सिकाउनु छ अब 

नहारी कहाँ जितिन्छ र साथी

नलडी कहाँ हिडीन्छ र साथी??

उसलाई सानै देखि ठूला सपनाको भारी बोकाइन्छ

सानै देखि उसलाई ठुलो मान्छे मात्र सिकाइन्छ 

उसलाई सम्झाउनु छ अब,

जहां भारी हुन्छ त्यहाँ सपनाहरु हुँदैनन्

जहां ठूलै ठूला हुन्छन् त्यहाँ सबै असल हुँदैनन् ।


उसले अब हार्न सिकोस् 

र बुझोस्

भुइँमा खस्नु सिद्धिनु होइन 

पाकेर कुहिनु सीद्धिनु होइन 

एउटा अन्त्य सिद्ध हुन्छ र त नयाँको आरम्भ हुन्छ 

फलेर, पाकेर खसेको फल 

कालसंगै कुहिँदै जान्छ 

फेरि कुहिएको फल समयसँगै  फल दिने रुख बन्छ ।

















Comments

Popular posts from this blog

Half part of my life

सम्झना