Half part of my life

 

आज
धेरै पछि
धेरै सोची
मोबाइलका किबोर्डमाथी तिम्रा नम्बर थिचे
यस्तो लाग्यो एकछिन कि
म म बाट टाढिएका मान्छे कोर्दैछु
केहीबेरमै सबै अङ्क दबछन्
यस्तो लाग्यो एकछिन कि
म त्यो मोबाइलको डिस्प्लेमा मेरो मुटुको चित्र देख्दैछु।

फोन गयो
घण्टी बज्यो
अलिकति धड्कन बढ्छ
यस्तो लाग्यो
म मेरा जीवनका अन्तिम धड्कन सुन्दैछु
फोन उठ्छ
ऊ बोल्छे :हेलो
अहँ म केही बोल्न सक्दिनँ
म आदि बोल्छु
यस्तो लाग्यो एकछिन कि
मेरो आदि बोली यो घाँटीमा अड्किएछ
बोल्न खोज्छु
म आदि बोल्छु
यस्तो लाग्यो एकछिन कि
मेरो आदि बोली यो घाटी भित्रै हराएछ।।

अहिले सम्झे
म त तिमीले बिर्सिएको मान्छे
तर मैले यो विर्सिएछु कि
जुन दिन देखि तिमीले मलाई विर्सिदिएउ
मैले पूरै श्वास लिन नै बिर्सिएछु
बस् आदि श्वास बाहिर अनि आदि श्वास भित्र
किन कि
म तिमीले भनेको एउटा कथन सम्झन्छु
"You are the half part of my life "

Comments

Popular posts from this blog

आजको मान्छे

सम्झना