आजको मान्छे
आजभोलि मान्छेलाई के चाहिएको छ? जे भएपनि होस् उसलाई छिट्टै चाहिएको छ आफूले के चहान्छ ,उसले भुलिसकेको छ उसलाई अरु जस्तो बन्नु छ आफूले आफैलाई बिर्सिसकेको छ जीवन रेस हो भन्छ खाली हतारमा दौडीरहन्छ दौडदा दौडदा सम्हालिन बिर्सिसकेको छ । उसलाई तनाव छ, तनाव मात्र छ देख्छ अरूलाई अनि हेर्छ आफूलाई जीवन होइन आजभोलि उसले दबाब बाचेको छ बिरसन्छ मानिसले छिट्टै आजभोलि उसले यति छिट्टै जीवनचक्र बिर्सन्छ र त ऊ हतार गर्छ उसले बिर्सियो सानो मा पढेको पुतलीको जीवनचक्र उसले बिर्सियो झुसिली किरा उसले त आजभोलि खाली उडेको पुतली सम्झन्छ त्यसैले ऊ तनावमा छ उसले जिन्दगी तनाबकै दबाबमा बाचेको छ । ऊ सोच्दछ हार्नु ठूलो गल्ती हो उसलाई हार्नु भनेको सिद्धीनु हो भन्ने सिकाइन्छ सानै देखि गलत सिकाइन्छ हार्नु भनेको केही जित्नु पनि त हो किन हारे? भन्ने प्रश्नको उत्तर जान्नु पनि त हो उसलाई सिकाउनु छ अब नहारी कहाँ जितिन्छ र साथी नलडी कहाँ हिडीन्छ र साथी?? उसलाई सानै देखि ठूला सपनाको भारी बोकाइन्छ सान...