Posts

Showing posts from May, 2023

छोडेर जानेको याद खुब आउछ

 मलाई छोडेर जानेहरुको खुब याद आउँछ  कहिले छोडेर जानेहरू फर्केर आउँछन् भन्ने लाग्छ  त्यसैले तिम्रो  याद आउँछ  तिमी आउछौ की आउँदैनौ केही पत्तो छैन  तर पनि तिमी फर्केर आउछौ भनी  दिनहरू सधैं पर्खेर बस्छन्  दिन आउँछन् पर्खन्छन् र जान्छन्  फर्केर आउनेहरू आउँदैनन् त्यसैले मलाई छोडेर जानेहरुको याद आउछ। यी यादहरु तिम्रा कस्ता हुन    खै! कुनै कष्ट नै दिँदैनन्  घाउ जस्ता छन, धेरै छन्  दुख्दै दुःख्दैनन् अचम्मका छन् तिम्रा सम्झनाहरु अनि तिमी  मस्तिष्कबाट मेटिदै मेटीदैनौ  तिमी हराएको धेरै भयो  म पर्खिरहेको आज पनि अबेर भयो तिमी अझै पनि भेटीदै भेटिदैनौ नभेटिने मान्छेहरू सधैं साथमै हुनछन् जस्तो लाग्छ छोडेर जानेहरु फर्केर आउँछन् जस्तो लाग्छ त्यसैले तिम्रो याद आउँछ,खुब याद आउछ । तिम्रो याद आउँछ, जहिले आउँछ  अन्धकार भएको बेला प्रकाश बनेर आउँछ  शून्य भएको बेला अर्थ बनेर आउँछ मौनताको बेला शब्द बनेर आउँछ  जागर हराएको बेला ऊर्जा बनेर आउँछ  म हराएको बेला, मलाई भेट्न समझना बनेर आउँछ  फर्की फर्की फरक फरक दिन उ...

अन्त्य अन्तिम होइन

 भुइँमा खस्नु सिद्धिनु होइन  पाकेर कुहिनु सीद्धिनु  होइन  एउटा अन्त्य सिद्ध हुन्छ र त नयाँको आरम्भ हुन्छ  फलेर, पाकेर खसेको फल  कालसंगै कुहिँदै जान्छ  फेरि कुहिएको फल समयसँग फल दिने रुख बन्छ ।

मेरो पहिलो रजस्वला

  भोलि श्रावन २५ गते मेरो १४ औ जन्मदिन आज राती आकाशमा बादल ठोकिए मेरो पेट बेस्सरी दुख्न थाल्यो धर्तिमा पानीका तप्प तप्प थोपा पोखिए अनि मेरा आखाका नानीबाट आँसु बर्सिए रातो रङ्को हिलोले आगन पोतियो भित्र कोठामा मेरो लुगा रातो रगतले लत्पतियो म १४ बर्ष नहुदै मरेको जस्तो भए बाचेर पनि मरेको जस्तो भए मेरो पहिलो रजस्वला ,मेरो १४औ जन्मदिन। भोलि बिहान धेरै डर थोरै प्रश्न सङ्गै म उठे दुखिरहेको तन सङ्गै आफुलाइ उठाए आमालाइ आफू बारे बुझाए जबाफमा आमाले आफ्नो पुरानो सुतिको धोतीका टुक्रा दिइन अनि भनिन पर सर नानी मलाइ नछो! हिजो सम्म आमाकै हातमा खेल्ने म आज अछुतो भएछु म नछुनी भएछु ।। पहिलो दिन. म नछुनी भए देखि तिमिले भने जसरी मैले केही छोएन आमा १. मनको कुनामा बस्ने ढुङ्गाको मुर्ती २.घरको बिचैमा बस्ने माटोको चुलो ३.अनि घरको एउटा कुनामा बस्ने  सिल्टिको गाग्री ४.त तिमिले भन्नै बिर्सिएछेउ आमा यो हावा अब भनिदेउ यो हावा अछुतो भयो जस्लाइ मैले छोएको छु भनिदेउ यो हावाको  श्वास कसैले नलगुन जहाँ मैले श्वास फेरेको छु । सिल्पटका दुई भाडा र पराल्को एउटा गुन्द्री यी दुई हातल...