आजका प्रश्न र म
के?
कसरी??
कहिले ???
प्रश्न थियो
उत्तर थिएन
ईच्छा थियो
आशाको कुनै वृक्ष थिएन ।
सपना थियो
कल्पनामा रमाउँथे
जागर त थियो
आशंकामा हराउथे
साथी धेरै थिए
साथ दिन हिचकिचाउथे।।
अहिले
मसँग
हिजोको बोझ छ
आज त्यो बोझले मलाई एउटा खोंचमा पुर्याएको छ
भोलिको भारी छ
त्यो भारले के गर्ने नगर्ने सोचमा पुर्याएको छ
प्रश्न त छन्
त्यो प्रश्नले नभेटिने उत्तर खोज्न पुर्याएको छ ।।।
हिजो र आजको बीचमा म
बोझ र भारीको बीचमा छु
समयको बीचबीचमा
साथीहरु आउँछन्
भेट्छन्
र जान्छन्
के ?
कसरी??
कहिले ???
प्रश्न मात्र गर्छन्
उत्तर नलिएर आउँछन्
Think positive भन्छन
कसैले positivity ल्याउँदैनन
Take care त भन्छन
क्षणभरमै यस्तै यसै छोडेर जान्छन् ।।।।
म अहिले अझै
हारेको जस्तै देखिन्छु
हार खाएको छैन
प्रश्नले घेरिएको छु
उत्तर खोज्न छोडेको छैन
बाटो अफ्ट्यारो देखिन्छ
हिँड्न छोडेको छैन
समस्या धेरै देखिन्छन्
समाधान खोज्न छोडेको छैन ।
म हिड्छु
पुग्छु
कतै
किनकि हिड्नु भनेको कहीँ न कहीँ पुग्नु हो
म भेट्छु उपाय
किनकि प्रश्न हुनु भनेको उत्तर खोज्नु हो
पुगेको ठाँउ पुग्नु पर्ने ठाउँ भन्दा फरक हुन सक्छ
प्रश्नको उत्तर खोजे भन्दा फरक हुन सक्छ
तर मलाई फरक पर्दैन
म खुशी हुन्छु नै
किनकि मलाई थाहा छ
आशा र यथार्थमा जीवन फरक हुन्छ
सपना र विपनाको जिन्दगी फरक फरक हुन्छ ।
साच्चै नै मन छाेयाे👍️
ReplyDelete