पुरानो
सधैं जसो आज पनि बिहानै उठियो
उस्तै बिहानी थियो
अलि अलि फरक थियो
बिहान सधैं सूर्यलाई पर्खिरहने म
आज सूर्यले मलाई पहिले झल्को दियो
एउटा नयाँ झझल्को थियो ।
नया दिनमा म थिए
उस्तै थिए ,पुरानो मान्छे थिए
ऐना हेरे ,पुरानो मान्छे थिए
अब के गर्ने ,कसो गर्ने ?
प्रश्न थिए,पुरानै थिए।
सपना थिए ,पुरानै थिए
याद थिए,पुरानै थिए
हाल थिए ,पुरानै थिए
सम्झन्छु कसैलाई म जो पुरानै थिए
बिर्सन्छु भन्छु कसैलाई म जो पुरानै थिए।
धर्ती पुरानै छ , आकास पुरानै छ
पृथ्वी उही छ सूर्य उही छ
दूरी छ उही पुरानै छ
आज त म पुराको पुरै पुरानो रहेछु
अब भन
तिमी कसरी यति छिट्टै नयाँ बन्न सक्छेऊ??
फेरि हेर त! प्रश्न पनि कस्तो उही पुरानै छ
के तिमी यसको पूरा उत्तर दिन सक्छेउ??
Comments
Post a Comment