भारी र भर
च्यातिएको झोला
भारी भएका काध मेरा
नयाँ रङ्गीन जीवनका गाता
तर छन् पुराना किताबका पाना ।
अलि पर हुँदैछन् किताबहरू
अलि पर कापिहरु
नजिक छन् इछ्याहरु
नजिकै छन् बाध्यताहरू
धेरै पर छन् सपनाहरु
झनै पर आफ्नाहरु।।
आत्तिएका किताबहरू
अतालिका हातहरु
पर्खिरहेका पानाहरू
रित्तिएका गोजीहरु
आँट गरेका पाइलाहरू
अनि सकिएका छन् कलमहरु ।।।
मरेका आशहरु
बाचेका छन् स्वाशहरु
छन् अँध्यारा दिनहरू
आउँलान नी जुनेली रातहरु
हासिरहेका सर्टिफिकेट
अनि रोइरहेका हैसियतहरु ।।।।
Comments
Post a Comment