एकपटक

 देखेको पटक पटक तिमीलाई 

भेटेको एकपटक 

फेरि एक पटक भेट्न मन छ तिमीलाई 

सुनाउनु छ : एक पटक भेट्दाको कष्ठ

चस्स गरेको मुटु 

त्यसपछि देखाउन मन छ तिमीलाई सम्झिरहने मन

सुनाउनु छ तिमीलाई मेरो अनुभूति 

कस्तो हुन्छ नहुँदा तिमी 

सुन्न मन छ तिम्रो पनि अनुभव 

कसरी दबाइन्छ उब्जिएका भाव 

सुनाउन मन छ कस्तो हुन्छ तिम्रो अभाव 

एकपटक भेट्न मन छ तिमीलाई 

धेरै कुरा भन्नु छ 

के तिमी सुन्छौ र मेरो कुरा?


तिमी नै निधो गर है 

कहिले भेट्ने?

कहाँ भेट्ने?

ढिलो नगर

तिमी नै चाडो निधो गरी भन 

मलाई सोध्छौ भने त हेर 

मलाई त्यही भेट्नु छ 

जहां पहिलो पल्ट हाम्रा हात भेटेथे

जहां पहिलो पल्ट हाम्रा पाइला छुटेथे 

त्यही भेट्नु छ 

जहां भेट्दा मुटुको लुब्धुबको चाल 

बेहाल भएको थियो

जहां छुट्दा मनको हाल

भाव विहिल भएको थियो 

धेरै कुरा भन्नु छ 

भेट्न मन छ तिमीलाई 

के तिमी मलाई एक पटक भेट्छौं ?


एकपटक को प्रेम 

पटक पटक धेरै पटक एकै सँग भयो 

तिमी सँग भयो 

एक पटक को भेट 

पहिले देखि अहिले 

अनि अहिले देखि जहिले सम्म हुन्छ 

हुन्छ, सदा तिमी संगै प्रेम हुन्छ 

थाहा छ मलाई 

तर पनि भेट्नु छ तिमीलाई 

अब एक पटक 

फेरि पटक पटक नभेट्ने गरी

एकपटक अन्त्यका लागि भेट्न मन छ 

अनन्तकाल सम्म पुग्ने गरी भेट्न मन छ 

तिमीसँग लामो समय नहोला 

छोटो समयका लागि भेट्न मन छ 

छुटिनका लागि भेट्न मन छ 

दिनु छ केही तिमीलाई 

सुनाउनु छ केही कुरा

सुन्न मन छ तिम्रो बोली 

के तिमी मलाई एक पटक भेट्छौं?


एकपटक जस्तै 

उही पहिलो पटक भेटे जस्तै 

फेरि एकपटक भेट्न मन छ 

तर एक चिज बदलिएको होस 

अहिले चाहिँ क्षितिजमा घाम नभएको बेला भेट्न मन छ 

छिट्टै सबेरै भेट्न मन छ 

छुट्टिँदा पनि सबेरै जस्तो होस

पहिले जस्तो अबेर नहोस् 

किनकि हामीलाई पुग्नु पर्ने छ धेरै टाढा

समय यति होस की हामी समयमै आफ्नो ठाउँमा पुगौ

ठाउँमा पुग्दा सम्म, तिमी सकुशल पुग्नु छ 

समय पर्याप्त होस की मैले आफूलाई सम्हाल्नु पनि छ

दुःख पगाल्न तिमीलाई भेट्नु छ

आफूलाई फेरि सम्हाल्न तिमीलाई भेट्नु छ 

छ धेरै कुरा गर्न

अन्तिम पटक भेट्न मन छ 

के तिमी मलाई एक पटक भेट्छौं?


म प्रतिक्षामा छु तिमीलाई भेट्न 

तिम्रो नयाँ सपनाहरु के के हुन सुन्न मन छ 

भेट्न तिमी आयौ भने 

कसरी आउँछौ?

 के उही पहिले जसरी लजाएर आउँछौ?? हेर्न मन छ 

के तिम्रा र मेरा आँखा जुद्धा शरीरमा आएको कम्पन शान्त हुन्छ? 

अनुभब गर्न मन छ 

के छुट्टिँदा छोटो समयसम्म समय शान्त हुन्छ?

लामो समयसम्म म अशान्त हुन्छु,हुँदिन ??

अनुभूती लिन मन छ 

लेख्न सक्दिन यहां म सबै कुरा 

भेटेर भन्न मन छ

तिमीलाई धेरै कुरा सुनाउन मन छ 

के तिमी मेरो कुरा सुन्छौ?

भेटेर तिमीसँग केही कुरा सिक्नु पनि छ 

तिम्रो जस्तो आदत बनाउन के गर्नुपर्छ? 

तिमीले मलाई जसरी मैले तिमीलाई भुल्न के गर्नुपर्छ?

भेट्न मन छ तिमीलाई अन्तिम पटक 

के तिमी मलाई एकपटक भेट्छौं?

अन्तिम पटक भेट्छौं??


Comments

Popular posts from this blog

आजको मान्छे

Half part of my life

सम्झना