नछुटिने छोटो याद
कहिले म तिमीलाई देख्छु ?
जहिले म तिमीलाई सम्झन्छु
हरेक रात
सुत्नु भन्दा अघि
मेरो मोबाईलको अनुहारमा
म तिम्रो मुहार हेर्छु
हरेक दिउँसो
म त्यो अनुहार हासेको देख्छु ।
तिमीलाई नदेखेको धेरै भयो
नदेखेको राम्रै भयो
नदेखेको मान्छे सधैं राम्रै हुन्छ
त्यसैले त स्वर्ग पनि राम्रो हुन्छ
म तिमीलाई कहिले भुल्छु ?
जहिले यही कुरा भुल्छु ।।
हामी बसेको ठाउँ अर्को भयो
म बसेको घर अर्कै भयो
छोटो समयमा
तिम्रो लामो कपाल छोटो भयो
छोटो समयमा
हाम्रो लामो गफ छोटीदै गयो
लामो समयसम्म
तिम्रो छोटो याद किन नछुटिने भयो ??
Comments
Post a Comment