गन्तव्य बिनाको यात्रा
म हिडिरहेछु एउटा यात्रामा
यात्री जसरी
हिड्छु म
कहिले बिस्तारै : कहिले हतारिदै
दौडिन्छु
बेला बेला हतारिदै
सोच्छु धेरै
किन हतारिदै?
सोध्छु कम
हतार केस्का लागि ?
प्रश्न : त पुग्नु कहा छ ?
उत्तर : गन्तव्य जहां छ।
गरिरहेको के हो?
केही थाहा छैन
जानु पर्ने कहा हो
केही थाहा छैन
कोही सोध्छन् गन्तव्य कहा छ
देखाउँछु ऊ पर त्यहाँ छ
पुगे त्यहाँ ; केही छैन ; कोही छैन
यात्रा कस्तो रहेछ
जसको हुनुपर्ने गन्तव्य छैन ।
Comments
Post a Comment