अन्तिम भेट हो भने

 यदि त्यो नै हाम्रो अन्तिम भेट हो भने 

सम्झनु 

म सधैं तिमीलाई अन्तिम भेटमा झै खुशी भएको हेर्न चाहन्छु 

सानी मान्छे 

ठूला आँखा 

आँखामा ठूलै सपना

म ती सपना पुरा भएको हेर्न चाहन्छु 

नरुनु तिमी सानो कुरामा 

तिमी त ठूलो मान्छे बन्नु छ 

पुरा गर्नु छ सपना

बन्नु छ विजेता

सम्झनु म तिमी संग नै छु तिम्रो हरेक जितमा 

खुशी मनाउन

हुनेछु तिम्रो हरेक हारमा

दुःख साट्न

बन्नेछु चौतारा

भारी बिसाउन।



नहौंला आसपासमा

तर

हरेक तिम्रो श्वासमा 

कहीँ कतै टाढै बाट तिमीलाई नियाली रहेको हुनेछु 

यदि यो नै अन्तिम भेट हो भने 

म सधैं सम्झनेछु 

तिम्रो हात मेरो हातमा भएको

छातीमा धड्केको तिम्रो मुटु

मेरै हातमा धड्किएको

तिम्रो लुब्धुव गरी धड्कने छातीको मुटु

मैले पछिसम्म मेरै हातमा सुन्नेछु 

सम्झन्छु तिमी अझै त्यही मुटुकै वेगमा दौडिरहेछौं

भेट्दै गएकी छौं गन्तव्यहरु 

पुरा हुँदै छन् तिम्रा सपनाहरु 

कहीँ कतै पर 

तिमी टाढा भए पनि 

सम्झनु एउटा मान्छे छ 

कतै पर 

धेरै पर क्षितिजमा 

जो तिम्रो चिन्ता गर्छ 

तिमी सम्झनु उ छ कतै 

हेरी रहन्छ तिमीलाई सधैं 

अनि हास्छ र भन्छ तिमी हिँड्दै जाऊ 

जिउँदै जाऊ आफ्नो जिन्दगी,

जित्दै जाऊ सपनाहरु 

ऊ सोच्दछ तिम्रो विजय होस् 

तिम्रो जय होस

सम्झनु उ छ कतै 

कहीँ कतै पर 

जो तिम्रो जितमा हास्न चहान्छ 

हारमा हौसला दिन चहान्छ

ऊ हो तिम्रो चिन्तक 

सम्झनु ऊ तिम्रो हो ,हो शुभचिन्तक।

Comments

Popular posts from this blog

आजको मान्छे

Half part of my life

सम्झना