धेरै पछि देख्दा
आज
धेरै पछि तिम्रो तस्बिर देखें
पहिले जस्तै अहिले नबद्लिएकी तिमी देखें
हेरिरहे एकछिन एकपटक
फेरि हेरिरहे धितमरुनजेल
हेरिरहे
तिमी नबोलुन्जेल
तिम्रो तस्बिर देखें
हेरिरहे
तिमीलाई धेरैपछि देखे
हेरिरहे।
उस्तै देखे
जुन जस्तै देखे
अलि नजिक बाट हेरे
नजिकै देखे
टाढा जादा पनि, टाढैबाट हेरे
तिमी अझै नजिकिएको पाए ।
तस्बिरमा तिमी कतै हेरिरहेकी छौ
मैले तिमीलाई पर्खीरहेको पाए
तस्बिरमा दुई कुर्सी छन् ,एउटा खाली छ
मैले अहिले मलाई खाली पाए
देखे तिम्रो तस्बिर
राम्री छौ,राम्रो लाग्यो
धेरै पछि तिमीलाई देखे
हेरिरहे
धेरै पर तिमीलाई देखे
हेरिरहे।
तिम्रा आँखा प्रतिक्षामा छन्
मेरा आँखामा प्रश्न छन्
तिम्रा प्रतीक्षा प्रकट हुन्छन्
मेरा प्रश्न सधैं अनुत्तरित छन्
तिम्रा मनमा गुनासा छन्
मेरा मनमा प्रश्न छन्
तिम्रा मनका कान भेटिन्छन्
मेरा मनका मनमै सिधिन्छन्।
आज
धेरपछि तिम्रो तस्बिर देखें
राम्री छौ तिमी,हेरिरहे तिमीलाई ,
प्रश्न छन् धरै, सोधिहेरे आफूलाई
प्रश्न: के भयो? के बदलियो ?
उत्तर: बदलिएको समय पाए
बदर भएको मन पाए
देखें तिमीलाई धेरै पछि
टाढैबाट हेरिरहे
तक्दिरमा छैनौ तिमी
तस्बिरमै हेरिरहे।।
Comments
Post a Comment