घडी
हरेक दिन नयाँ हुन्छ
मान्छे पनि नयाँ बन्छ
उसले देख्दछ नयाँ दिन
सुन्छ नयाँ प्रश्न
पाउँछ उसले नयाँ उत्तर
भोग्दछ नयाँ दीन
ऊ हरेक दिन थोरै हारिरहेको हुन्छ
हरेक दिन धेरै जितिरहेको हुन्छ
सिक्दछ उसले नयाँ कुरा
केही फरक कुरा
त्यसैले ऊ हिजो भन्दा आज फरक बन्छ
हिजो भन्दा नयाँ हुन्छ
मान्छे कहिले पुरा हुँदैन
जहिले पुरानोमा नयाँ थपिन्छ।
मान्छे,
मन अड्किन्छ सानो कुरामा
जीवन अलझन्छ पुरानो कुरामा
मान्छे समय जस्तै हुनुपर्छ
अस्तायो भने पनि फेरि उदाउनुपर्छ
गतिशील हुनुपर्छ
अडियो भने पनि फेरि गति दिनुपर्छ
हिडिरहनुपर्छ,दौडिरहनुपर्छ
आखिर मान्छेको जीवन घडी न हो
जहिले घुमिरहनु पर्छ।
Comments
Post a Comment