फर्की आउ
तिमी फर्की आउन है
म पर्खी बसेको छु
हरेक दिन उदाउँदै गरेको सूर्य हेर्छु
अस्ताउँदै गरेको सूर्य देख्छु
भोलि फेरि उही सूर्य उदाउँछ
उही तिमी आउँन है
म पर्खी बसेको छु
तिमी फर्की आउन है।
तिमीसँग भेट्नु अघि म एक्लो थिए
तिमीसँग भेटपछि एक्लो भए
एक्लो म एक्लै भए
भीडमा म एक्लै भए
एक्लोमा मा एक्लो भए
उही तिमी आउन है
म पर्खी बसेको छु
तिमी फर्की आउन है ।
पर्खनु लामो समय होला
म पर्खन्छु
जीवन लामै समय नहोला
तिमी आउछौ
म पर्खन्छु
तिमीलाई पर्खनु नै जीवन हो भने
म पर्खन्छु
उही तिमी आउन है
अब यसरी आऊ
फेरि टाढा नहुने गरी आऊ
नटाढिने गरी आऊ
उही तिमी आउन है
म पर्खी बसेको छु
तिमी फर्की आउन है।
Comments
Post a Comment