Posts

सम्झना

 नसुनेको बोली सधैं मिठो हुन्छ तिम्रो बोलीको ध्वनि अझै सम्झनामै छ नबोली बसे धेरै वर्ष, काटे धेरै हिउँद र वर्षा दबाइ राखे तिम्रो सम्झना , नदबाईकन कण्ठस्थ भएको तिम्रो फोन नम्बर ।

आजको मान्छे

 आजभोलि मान्छेलाई के चाहिएको छ? जे भएपनि होस् उसलाई छिट्टै चाहिएको छ  आफूले के चहान्छ ,उसले भुलिसकेको छ  उसलाई अरु जस्तो बन्नु छ  आफूले आफैलाई बिर्सिसकेको छ   जीवन रेस हो भन्छ  खाली हतारमा दौडीरहन्छ  दौडदा दौडदा सम्हालिन बिर्सिसकेको छ । उसलाई तनाव छ, तनाव मात्र छ  देख्छ अरूलाई अनि हेर्छ आफूलाई  जीवन होइन आजभोलि उसले दबाब बाचेको छ  बिरसन्छ मानिसले छिट्टै आजभोलि  उसले यति छिट्टै जीवनचक्र बिर्सन्छ  र त ऊ हतार गर्छ  उसले बिर्सियो सानो मा पढेको पुतलीको जीवनचक्र  उसले बिर्सियो झुसिली किरा  उसले त आजभोलि खाली उडेको पुतली सम्झन्छ त्यसैले ऊ तनावमा छ  उसले जिन्दगी तनाबकै दबाबमा बाचेको छ । ऊ सोच्दछ हार्नु ठूलो गल्ती हो  उसलाई हार्नु भनेको सिद्धीनु हो भन्ने सिकाइन्छ सानै देखि गलत सिकाइन्छ  हार्नु भनेको केही जित्नु पनि त हो  किन हारे? भन्ने प्रश्नको उत्तर जान्नु पनि त हो  उसलाई सिकाउनु छ अब  नहारी कहाँ जितिन्छ र साथी नलडी कहाँ हिडीन्छ र साथी?? उसलाई सानै देखि ठूला सपनाको भारी बोकाइन्छ सान...

Love:Freedom

 Yeah! I dont have regrets  Surely for me those days were great  Seeing you was exciting  Missing you was awesome I still miss you with all from the heart  It hurts for a pulse but it ends with winsome  I believe ,you also have belief on love  & There is no such things so called as deceive on love You want to walk away  You can walk  You want to talk  You can talk  You are free to fly high  Someone is ready to watch you in the sky  Afterall love is all about freedom  Feel free to love freedom and live life with your wisdom

छोडेर जानेको याद खुब आउछ

 मलाई छोडेर जानेहरुको खुब याद आउँछ  कहिले छोडेर जानेहरू फर्केर आउँछन् भन्ने लाग्छ  त्यसैले तिम्रो  याद आउँछ  तिमी आउछौ की आउँदैनौ केही पत्तो छैन  तर पनि तिमी फर्केर आउछौ भनी  दिनहरू सधैं पर्खेर बस्छन्  दिन आउँछन् पर्खन्छन् र जान्छन्  फर्केर आउनेहरू आउँदैनन् त्यसैले मलाई छोडेर जानेहरुको याद आउछ। यी यादहरु तिम्रा कस्ता हुन    खै! कुनै कष्ट नै दिँदैनन्  घाउ जस्ता छन, धेरै छन्  दुख्दै दुःख्दैनन् अचम्मका छन् तिम्रा सम्झनाहरु अनि तिमी  मस्तिष्कबाट मेटिदै मेटीदैनौ  तिमी हराएको धेरै भयो  म पर्खिरहेको आज पनि अबेर भयो तिमी अझै पनि भेटीदै भेटिदैनौ नभेटिने मान्छेहरू सधैं साथमै हुनछन् जस्तो लाग्छ छोडेर जानेहरु फर्केर आउँछन् जस्तो लाग्छ त्यसैले तिम्रो याद आउँछ,खुब याद आउछ । तिम्रो याद आउँछ, जहिले आउँछ  अन्धकार भएको बेला प्रकाश बनेर आउँछ  शून्य भएको बेला अर्थ बनेर आउँछ मौनताको बेला शब्द बनेर आउँछ  जागर हराएको बेला ऊर्जा बनेर आउँछ  म हराएको बेला, मलाई भेट्न समझना बनेर आउँछ  फर्की फर्की फरक फरक दिन उ...

अन्त्य अन्तिम होइन

 भुइँमा खस्नु सिद्धिनु होइन  पाकेर कुहिनु सीद्धिनु  होइन  एउटा अन्त्य सिद्ध हुन्छ र त नयाँको आरम्भ हुन्छ  फलेर, पाकेर खसेको फल  कालसंगै कुहिँदै जान्छ  फेरि कुहिएको फल समयसँग फल दिने रुख बन्छ ।

मेरो पहिलो रजस्वला

  भोलि श्रावन २५ गते मेरो १४ औ जन्मदिन आज राती आकाशमा बादल ठोकिए मेरो पेट बेस्सरी दुख्न थाल्यो धर्तिमा पानीका तप्प तप्प थोपा पोखिए अनि मेरा आखाका नानीबाट आँसु बर्सिए रातो रङ्को हिलोले आगन पोतियो भित्र कोठामा मेरो लुगा रातो रगतले लत्पतियो म १४ बर्ष नहुदै मरेको जस्तो भए बाचेर पनि मरेको जस्तो भए मेरो पहिलो रजस्वला ,मेरो १४औ जन्मदिन। भोलि बिहान धेरै डर थोरै प्रश्न सङ्गै म उठे दुखिरहेको तन सङ्गै आफुलाइ उठाए आमालाइ आफू बारे बुझाए जबाफमा आमाले आफ्नो पुरानो सुतिको धोतीका टुक्रा दिइन अनि भनिन पर सर नानी मलाइ नछो! हिजो सम्म आमाकै हातमा खेल्ने म आज अछुतो भएछु म नछुनी भएछु ।। पहिलो दिन. म नछुनी भए देखि तिमिले भने जसरी मैले केही छोएन आमा १. मनको कुनामा बस्ने ढुङ्गाको मुर्ती २.घरको बिचैमा बस्ने माटोको चुलो ३.अनि घरको एउटा कुनामा बस्ने  सिल्टिको गाग्री ४.त तिमिले भन्नै बिर्सिएछेउ आमा यो हावा अब भनिदेउ यो हावा अछुतो भयो जस्लाइ मैले छोएको छु भनिदेउ यो हावाको  श्वास कसैले नलगुन जहाँ मैले श्वास फेरेको छु । सिल्पटका दुई भाडा र पराल्को एउटा गुन्द्री यी दुई हातल...

प्रेम

केही बोलु बोलु लागेको थियो दीर्घ मौनता तोडु जस्तो लागेको थियो एक्कासी ऊ देखिई म हराए जस्तै भए मन हराए जस्तै भयो म टुक्रिए क्षणभरमा आफूले आफैलाई जोडु जोडु जस्तो लागेको थियो बोल्नलाई अत्तालिएको थिए म वातावरण शान्त भयो एक्कासी मन अशान्त भयो । ऊ थिइ नै उस्तै विरक्तै राम्री रत्तिभर भुल्न नसकिने मलाई आफुमा झुलाइराख्ने सानो मुख ठूला आँखा आँखाका डिलमा गाजालका सिमाना उसका मलाई बाँधेर राख्ने हासो त्यति नै मिठो मलाई बाँधेर राख्ने ऊ थिइ नै यस्तै यस्तै यस्तै। देखिरहन्थे सधैं चिनेकै थिएन सोचिरहन्थे सधैं चिनेकै थिएन नाम थाहा थिएन ,चिनजान थिएन मौनता तोड्न मन थियो सोध्न मन थियो उसको नाम शालीनता तोड्न मन थियो समात्न मन थियो उसको हात धैर्यता तोड्न मन थियो जुधाउन मन थियो हाम्रो काध । बिस्तारै समय बित्दै गयो हिँड्दै गए दिन दौडँदै थियौ हामी मैले हेर्थे लुकेर मेरो चोरी समातिन्थ्यो ऊ हेर्थी झुकेर उसलाई यत्तिकै रिहाई मिल्थ्यो सँगसँगै समयसँगै जुध्न थाले आँखा दुई आँखा दुई भए दुबैका आँखामा आआफ्ना भाव झल्किन्थे मेरा आँखामा प्रश्न थिए उसका आँखामा लाज देखिन्थे.. l मैले लुक...

फर्की आउ

तिमी फर्की आउन है  म पर्खी बसेको छु  हरेक दिन उदाउँदै गरेको सूर्य हेर्छु  अस्ताउँदै गरेको सूर्य देख्छु  भोलि फेरि उही सूर्य उदाउँछ उही तिमी आउँन है  म पर्खी बसेको छु  तिमी फर्की आउन है। तिमीसँग भेट्नु अघि म एक्लो थिए तिमीसँग भेटपछि एक्लो भए एक्लो म एक्लै भए  भीडमा म एक्लै भए   एक्लोमा मा एक्लो भए  उही तिमी आउन है  म पर्खी बसेको छु  तिमी फर्की आउन है । पर्खनु लामो समय होला  म पर्खन्छु जीवन लामै समय नहोला तिमी आउछौ  म पर्खन्छु  तिमीलाई पर्खनु नै जीवन हो भने  म पर्खन्छु  उही तिमी आउन है  अब यसरी आऊ फेरि टाढा नहुने गरी आऊ नटाढिने गरी आऊ उही तिमी आउन है  म पर्खी बसेको छु  तिमी फर्की आउन है।

घडी

 हरेक दिन नयाँ हुन्छ  मान्छे पनि नयाँ बन्छ  उसले देख्दछ नयाँ दिन  सुन्छ नयाँ प्रश्न  पाउँछ उसले नयाँ उत्तर  भोग्दछ नयाँ दीन ऊ हरेक दिन थोरै हारिरहेको हुन्छ  हरेक दिन धेरै जितिरहेको हुन्छ  सिक्दछ उसले नयाँ कुरा केही फरक कुरा  त्यसैले ऊ हिजो भन्दा आज फरक बन्छ हिजो भन्दा नयाँ हुन्छ   मान्छे कहिले पुरा हुँदैन  जहिले पुरानोमा नयाँ थपिन्छ। मान्छे, मन अड्किन्छ सानो कुरामा जीवन अलझन्छ पुरानो कुरामा  मान्छे समय जस्तै हुनुपर्छ  अस्तायो भने पनि फेरि उदाउनुपर्छ गतिशील हुनुपर्छ अडियो भने पनि फेरि गति दिनुपर्छ  हिडिरहनुपर्छ,दौडिरहनुपर्छ  आखिर मान्छेको जीवन घडी न हो  जहिले घुमिरहनु पर्छ।

गन्तव्य बिनाको यात्रा

 म हिडिरहेछु एउटा यात्रामा यात्री जसरी  हिड्छु म  कहिले बिस्तारै : कहिले हतारिदै  दौडिन्छु बेला बेला हतारिदै सोच्छु धेरै  किन हतारिदै? सोध्छु कम हतार केस्का लागि ? प्रश्न : त पुग्नु कहा छ ?  उत्तर : गन्तव्य जहां छ। गरिरहेको के हो?  केही थाहा छैन  जानु पर्ने कहा हो  केही थाहा छैन  कोही सोध्छन् गन्तव्य कहा छ देखाउँछु ऊ पर त्यहाँ छ   पुगे त्यहाँ ; केही छैन ; कोही छैन   यात्रा कस्तो रहेछ  जसको हुनुपर्ने गन्तव्य छैन ।