गन्तव्य बिनाको यात्रा
म हिडिरहेछु एउटा यात्रामा यात्री जसरी हिड्छु म कहिले बिस्तारै : कहिले हतारिदै दौडिन्छु बेला बेला हतारिदै सोच्छु धेरै किन हतारिदै? सोध्छु कम हतार केस्का लागि ? प्रश्न : त पुग्नु कहा छ ? उत्तर : गन्तव्य जहां छ। गरिरहेको के हो? केही थाहा छैन जानु पर्ने कहा हो केही थाहा छैन कोही सोध्छन् गन्तव्य कहा छ देखाउँछु ऊ पर त्यहाँ छ पुगे त्यहाँ ; केही छैन ; कोही छैन यात्रा कस्तो रहेछ जसको हुनुपर्ने गन्तव्य छैन ।